Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ८ करोडमाथिको कारोबार



काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक २०.२७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १३.११ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १५:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।