Logo

समाचार

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ



काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल लाई चेक अनादर मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले २५ जेठमा ६७ वर्षीय नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१० कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो ।

संखुवासभा सभापोखरी स्थायी घर भएका नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।

प्रहरीका अनुसार चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

अहिले उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १९:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।