Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ६ अर्ब ४४ करोडमाथिकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.५४ अंकले घटेर २,७३३ को विन्दुमा कायम भएको छ ।

आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १५:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।