काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएकाे छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले प्रतिष्ठित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित ३५ प्राकृतिक व्यक्ति र ४ वटा संगठित संस्था गरी कुल ३९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अभियोग पत्रमा मुख्य अभियुक्त दीपक भट्टसँगबाट मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गर्दै सोको दोब्बर जरिवाना र १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । सुलभ अग्रवाल अग्रवालसँग पनि विभागले २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ
यस मुद्दामा संलग्न ३९ प्रतिवादीहरूलाई उनीहरूले शुद्धीकरण गरेको भनिएको रकम (बिगो) को आधारमा वर्गीकृत गरिएको छ । कानुन अनुसार सबै प्रतिवादीहरूलाई बिगोको दोब्बर जरिवाना माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० बमोजिम सरकारी वकीलले दोब्बर जरिवाना मागेको छ ।




















प्रतिक्रिया