काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनी चेञ्जरको लाइसेन्स रद्द गरेको हो ।
मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मनी चेन्जरले स्वेच्छिक रुपमा कारोबार बन्द गर्न केन्द्रीय बैंकमा निवेदन पेश गरेको थियो ।
सोही निवेदनअनुसार केन्द्रीय बैंकले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरेको जनाएको छ ।
साथै सो मनी चेन्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पर्क गर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।





















प्रतिक्रिया