Logo

समाचार

व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का



काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का राखेको छ। उजुरी परेसँगै अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोक्का गरेको हो।

सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा पैसा भित्र्याएको आरोप छ। उनविरुद्ध मुक्तिश्री सिमेन्ट र स्याटलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो।

अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि त्यसले निरन्तरता पाउन सकेन।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार २०:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।