काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ ।
कम्पनीले आव २०७३/७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किमिसका बीमालेखअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धारण गरिएको हो ।
कम्पनीले सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह (३), बाल समूह (६), सामूहिक सावधिक जीवन बीमा (जी) र राष्ट्रसेवक सावधिक जीवन बीमा (आरएसके) ० देखि ९ वर्षसम्म र ३० र सोभन्दा माथिका सबै प्रतिहजार ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा (७) योजनामा १५ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि पनि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर दिने निर्णय गरेको छ ।
संयुक्त जीवन योजना (९), जीवन सिन्धु (२) र बात्सल्य (८) बीमा योजनामा पनि कम्पनीले सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर निर्धारण गरेको छ ।




















प्रतिक्रिया