Logo

अर्थ

माछापुच्छ्रे बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो ।

काठमाण्डौमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन् ।

यस सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाईमा पुर्याउन मद्धत गर्ने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिब सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।

 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १७:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।