काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा करोडौँको ठगी र संगठित अपराध प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार बनाउँदै दोषी ठहर गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मतियार बनाएको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र बिचौलियाहरूलाई दोषी ठहर हुने गरी फैसला गरेको हो। रायमाझीलाई यस प्रकरणको ‘प्रमुख योजनाकार’मध्ये एक मानिएको हो।
पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा ‘मतियार’को रुपमा दोषी ठहर गरिएको छ। उनले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थअनुसार निर्णय प्रक्रियामा सहयोग पुर्याएको फैसलामा उल्लेख छ।




















प्रतिक्रिया