Logo

खेलकुद

बेलिङहमको दुई गोलमा इङ्ल्यान्ड विश्वकप सेमिफाइनलमा



काठमाडौं। जुड बेलिङहमले अतिरिक्त समयमा निर्णायक गोलसहित दुई गोल गरेपछि इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

मियामीमा भएको क्वाटरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्‍यो। आन्द्रियास शेल्देरुपको गोलमा नर्वेले सुरुआती अग्रता लिए पनि बेलिङहमले पहिलो हाफमा बराबरी गोल फर्काए।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा नर्वेका गोलकिपर ओर्यान न्युलान्डबाट भएको त्रुटिको फाइदा उठाउँदै बेलिङहमले विजयी गोल गरे।

नर्वेको विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगिँदा इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २८ असार २०८३, आईतवार ०७:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।