काठमाडौं । ओटीटी प्लेटफर्म डिगोले अस्ट्रेलियाको डार्विनमा आगामी अगस्ट २० देखि ३० सम्म आयोजना हुने टप एन्ड टी–२० सिरिज २०२६ नेपालमा आधिकारिक रूपमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्ने भएको छ ।
डिगोले प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गरेसँगै नेपाली दर्शकले मोबाइल, स्मार्ट टिभी तथा अन्य कनेक्टेड डिभाइसमार्फत सबै खेल निःशुल्क हेर्न सक्नेछन् । प्रतियोगितामा अस्ट्रेलियाका घरेलु टोलीसँगै पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्डसँग आबद्ध टोलीहरूको पनि सहभागिता रहनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो। यस वर्ष पनि नेपालको सहभागिताले समर्थकमाझ थप उत्साह बढेको छ ।
यस वर्ष पनि नेपाली टोली प्रतियोगितामा सहभागी हुने भएपछि समर्थकमाझ थप उत्साह देखिएको छ । डिगोले प्रतियोगिताको आधिकारिक प्रसारण अधिकार प्राप्त गरेसँगै दर्शकले मोबाइल, स्मार्ट टेलिभिजन वा अन्य कनेक्टेड डिभाइसमार्फत राष्ट्रिय टोलीको प्रदर्शन निःशुल्क हेर्न सक्नेछन् ।
डिगोका खेलकुद प्रमुख विपुल भट्टराईले नेपाली क्रिकेट समर्थकको उत्साहलाई सम्मान गर्दै प्रतियोगिता निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको बताए। उनका अनुसार राष्ट्रिय टोलीका सबै खेल सहज रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यका साथ डिगोले यो पहल गरेको हो।
डिगोले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) र फिफा विश्वकप २०२६ लगायतका प्रमुख खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । कम्पनीले टप एन्ड टी–२० सिरिजको प्रसारणसँगै आफ्नो खेलकुद सामग्रीलाई अझ विस्तार गर्ने जनाएको छ ।
दर्शकहरूले डिगो एप डाउनलोड गरी वा डिगोको वेबसाइटमार्फत प्रतियोगिताका सम्पूर्ण खेल निःशुल्क हेर्न सक्नेछन् । प्रतियोगिताको विस्तृत खेलतालिका सार्वजनिक भएपछि नेपाली समयअनुसार सम्पूर्ण जानकारी तथा अन्य डिजिटल सामग्री पनि डिगोका आधिकारिक प्लेटफर्ममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया