काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा २०८३ साल साउन ५ गते आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहकहरूले रक्तदान गरेका बैंकले जनाएको छ।
रक्तदान कार्यक्रममार्फत संकलन गरिएको रगतले आवश्यकता परेका बिरामी तथा घाइतेहरूको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकले आफ्नो वार्षिकोत्सवलाई केवल संस्थागत उत्सवका रूपमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको जनाएको छ।
कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए। बैंकका अनुसार रक्तदानजस्तो मानवीय सेवामा सहभागी भएर कर्मचारी तथा ग्राहकहरूले समाजप्रतिको आफ्नो जिम्मेवारीसमेत निर्वाह गरेका छन्।
एनआईसी एशिया बैंकले स्थापनाको २९ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिहरूलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।
बैंकले वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत निरन्तर योगदान गर्दै आएको छ। नेपालमा रक्तदानको महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रमले रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी नियमित रक्तदानको आवश्यकता पर्ने अवस्थामा यस्ता कार्यक्रमले रक्तसञ्चार सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ। एनआईसी एशिया बैंकको २९औँ वार्षिकोत्सवको मूल भावनाअनुरूप आयोजित रक्तदान कार्यक्रमले संस्थागत सफलताको उत्सवसँगै समाजप्रतिको उत्तरदायित्व र मानवीय सेवाको सन्देशसमेत प्रवाह गरेको बैंकको भनाइ छ।




















प्रतिक्रिया