Logo

उद्योग

विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार जरिवाना



काठमाडौं। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राजश्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिलबिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई पाँच हजार जरिवाना गरेको हो। विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ।

विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुमगन गर्दै आएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार ०७:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।