Logo

विविध

बजारमा ग्यास सहज बन्दैछ, थप १० प्रतिशत आयात बढाइएको छ : विभाग



काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको बताएको छ ।

उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गर्दा अभाव सिर्जना भइरहेको विभागको भनाइ छ। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किराँतीका अनुसार बजारमा ग्यासको माग बढेसँगै सामान्य अवस्थाको तुलनामा अहिले ग्यासको आपूर्ति १० प्रतिशतले बढाइएको छ। अब सहज बन्दै जाने उनको भनाइ छ।

किराँतीले भने, ‘पछिल्लो समय उपभोक्ताले एकैपटक आधा सिलिन्डरको सट्टा फुल सिलिन्डर ग्यास भर्न थालेपछि बजारमा ग्यासको माग अचानक बढेको हो। ग्यासको परिमाण बढेपछि बजारमा केही चाप देखिए पनि नेपाल आयल निगमसँगको समन्वयमा आपूर्ति बढाइएकाले आत्तिनुपर्ने अवस्था छैन।’

विभागले अहिले आफ्नो ५० प्रतिशतभन्दा बढी अनुगमन टोली ग्यासकै अनुगमनमा खटाएको छ। विभिन्न डिपो र पसलहरूमा गरिएको अनुगमनका क्रममा व्यवसायीले खरिद गरे जति ग्यास उपभोक्तालाई वितरण गरिरहेको पाइएको र बजारमा कालोबजारी वा कृत्रिम अभाव नदेखिएको निर्देशक किराँतीले जानकारी दिए।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १८:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।