Logo

विविध

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ



काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पाल काभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका नवलपुर पठाउने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार २१:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।