एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्स र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले १–१ गोलको बराबरी खेलेको छन् ।
सोमबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
५८औं मिनेटमा थियो वाल्कोटल गा्ल गर्दै साउथह्याम्टनलाई १–० को अग्रता दिलाए । चे एडाम्सको पासलाई अनमार्क अवस्थामा रहेका उनले सहजै फिनिस गरेका थिए । ६४औं मिनेटमा एडाम्सको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा साउथह्याम्टन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
७५औं मिनेटमा सब्सिच्युट खेलाडी पेड्रो नेटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । राहुल जिमिनेजको शक्तिशाली प्रहार रिवाउन्ड भएर फर्किएको बललाई नेटोले जाली चुमाएका थिए ।
७७औं मिनेटमा जोओ मौटिन्होको फ्रिकिकलाई जिमिनेजले हेडरमार्फत गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलको मान्यता पाएन ।
यो बराबरीसँगै साउथह्याम्टन ९ खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा वल्भ्स पनि १४ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।




















प्रतिक्रिया