Logo

इन्स्योरेन्स

नेसनल इन्स्योरेन्सले घटायो घाटा, १ अर्बमाथि बीमाशुल्क आर्जन



काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा १३ करोड १० लाख रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी १५ करोड ७ लाख रुपैयाँले नोक्सानीमा थियो।

गत आर्थिक वर्षमा कम्पनीको विशेष जगेडामा १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब २९ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १६ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ १ अर्ब १० करोड ८९ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा २ अर्ब ६२ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ९.८६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.९२ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा वर्षमा ५६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ६५ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १२.३९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १२:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।