Logo

इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ नाफा ५८ करोड २६ लाख, ३२ प्रतिशतले बढ्यो जीवन बीमा कोष



काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २.१८ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख, महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटी २ करोड ७३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ४ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१४ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको छ ।

कम्पनीले समीक्षा वर्षमा ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेको छ ।

शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १०.९७ रुपैयाँ थियो । पीई रेसियो ३९.२५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।