काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १५.०२ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब २५ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ३६ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.०४ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले ५४ अर्ब ३ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.१० प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ ।
शेयरपुँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.०७ रुपैयाँ थियो। पीई रेसियो १५२.०७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।















प्रतिक्रिया