Logo

प्रमुख समाचार

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?



काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ।

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ब्रान्डका ग्यास बिक्री गर्न लागेको हो। निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गरिनेछ।

टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट–सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री हुनेछ।

त्यस्तै, यातायात कार्यालय परिसर, चावहिलबाट नेपाल ग्यास र एचपी ग्यास वितरण गरिने निगमले जनाएको छ।

राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेष्ट–सुगम, श्रीमाया, श्रीकृष्ण, साइवावा र ओम ग्यास बिक्री हुनेछ।

राधास्वामी परिसर, सुन्धाराबाट नेपाल, एचपी, एभरेष्ट–सुगम, भानु र ओम ग्यास उपलब्ध गराइनेछ।

त्यसैगरी, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट–सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने निगमले जनाएको छ।

निगमका अनुसार ग्यास खरिद गर्न आउने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। ग्यासको वितरण व्यवस्थित बनाउन पहिचान खुल्ने कागजातका आधारमा बिक्री गरिने जनाइएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले विभिन्न स्थानमा ग्यास वितरण गर्दै आएको छ। शनिबारको वितरणबाट ग्यास अभावका कारण समस्यामा परेका उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

ग्यास वितरण हुने स्थान:
१. नेपाल आयल निगम परिसर, टेकु
२. यातायात कार्यालय परिसर, चावहिल
३. राधास्वामी परिसर, कीर्तिपुर
४. राधास्वामी परिसर, सुन्धारा
५. पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल

समय : बिहान १० बजेदेखि साँझ ६ बजेसम्म।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार ०८:२९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।