Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थिए ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा दुई देशबीचको पारस्परिक सहयोग, सुरक्षा सहकार्य तथा आगामी दिनमा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

साेमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई ने‍पाली सेनाको मानार्थ महारथिको दर्जा प्रदान गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार १५:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।