Logo

प्रमुख समाचार

२ वर्षिया बालिका मृत फेला घटनामा शंकास्पद एक व्यक्ति पक्राउ



सप्तरी । शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा दुई वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय मोहम्मद इरफानकी २ वर्षीया खुशी भनिने सानिया खातुन आज बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।

सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।