Logo

समाचार

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन चीनका राष्ट्रपतिको आग्रह



चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् ।

राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ । सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताएका छन् । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन–इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताएका छन् ।

कोभिड–१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड–१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताए । 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।