Logo

प्रमुख समाचार

त्रिशूली र नारायणीमा ५३ शव फेला



चितवन । त्रिशूली र नारायणी नदीमा बगेर आएका ५३ शव चितवनका विभिन्न क्षेत्रमा फेला परेका छन्।

प्रहरीका अनुसार कुरिनटार–मुग्लिन क्षेत्रमा १६ वटा र मुग्लिनभन्दा तलको क्षेत्रमा ३७ वटा शव भेटिएका हुन्। फेला परेका शवहरू भरतपुर अस्पताल ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डसमेत बन्द गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार २१:३९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।