काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ । विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो ।
सरकारकार प्रवक्ता सस्मित पोखरेलकाअनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो ।
त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो ।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ ।
















प्रतिक्रिया