Logo

अर्थ

प्रधानमन्त्री राहत कोषमा इप्पानकाे १३ करोड सहयोग



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको छ ।

इप्पानका अध्यक्ष मोहन डाँगी लगायत पदाधिकारी तथा प्रतिनिधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

गत भदौ १० मा रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको इप्पानले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १५:५८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।