काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भोटेकोशी र त्रिशूल नदीमा आएको बाढीले २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँबराबरको बीमाकृत सम्पत्तिको क्षति भएको हो । यसमा कुल ५८३ दाबी परेको छ ।
बाढीबाट भएको क्षतिमा सबैभन्दा धेरै दाबी रकम द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पर्ने अनुमान गरिएको छ । द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी पर्नसक्ने देखिएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी पर्ने सक्नेछ ।
अन्य कम्पनीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँको दाबी पर्ने आँकलन छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ बराबरको क्षतिको दाबी पर्ने उल्लेख छ ।
राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको दाबी पर्नसक्ने बताइएको छ ।
बिमा दाबी पर्नेमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा प्रमुख देखिएको छ । जसमा २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको बिमा दाबी पर्नसक्ने आँकलन गरिएको छ ।
यसैगरी, सम्पत्ति बिमा अन्तर्गत २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ र मोटर बिमा अन्तर्गत १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँको प्रारम्भिक दाबी पर्ने अनुमान छ ।
विवरण अनुसार परिवहन बिमातर्फ ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ र अन्य विभिन्न प्रकारका बिमाहरूमा ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँको बिमा दाबी पर्नेसक्नेछ । स्वास्थ्य बिमातर्फ ४ करोड १६ लाख रुपैयाँको दाबी पर्नसक्ने प्राधिकरणले जनाएको छ ।
















प्रतिक्रिया