Logo

अर्थ

प्रभु इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग



काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा उक्त रकम सहयोग गरेको हो । उक्त रकम कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्यले हस्तान्तरण गरेका हुन् ।

कम्पनीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको जनाएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकहरुप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीले मृतकहरुप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यसका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार ११:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।