Logo

अर्थ

३ हजार १ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार ११:१७   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।