काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ ।
एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी र मेडालियनको मूल्य सुन-चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुनेछ । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन-चाँदीका सिक्का खरिद गर्दा सुन-चाँदीको प्रचलित बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।
सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ ।





















प्रतिक्रिया