Logo

अर्थ

नेपाल एसबिआई बैंकको सञ्चालकमा ध्रुवप्रसाद अधिकारी, स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिमा ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकले सुबोधप्रसाद गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

बैंकको संस्थागत सेयरधनीका रूपमा रहेको कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहने गरी अधिकारीलाई मनोनयन गरिएको थियो । कोषको मनोनयनका आधारमा बैंकको भदौ १८ गते सम्पन्न ५५०औँ सञ्चालक समिति बैठकले अधिकारीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, सोही बैठकले सुबोधप्रसाद गौतमलाई भदौ १८ गतेदेखि लागू हुने गरी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ११:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।