Logo

अर्थ

सूर्यज्योति लाइफको नाफा १० करोड २९ लाख, प्रतिशेयर आम्दानी कति?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १५.९४ प्रतिशतले घटेको हो ।

५ अर्ब १ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ५० करोड २९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड ८० लाख रुपैयाँ रहेको छ।

त्यस्तै, अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४९ करोड २६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ७८ लाख रुपैयाँ थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब ५७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले चालु वर्षको असोजसम्ममा ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ २२ पैसा कायम भएको छ। पीई रेसियो ५१.८४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।