Logo

अर्थ

स्नो रिभर्सको लाभांश स्वीकृत



काठमाडौं । विद्युत नियमन आयोगले लाभांश वितरण गर्न स्नो रिभर्स लिमिटेडलाई स्वीकृति दिएको छ ।

स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अब यो कम्पनीले आगामी वार्षिक साधारणसभाबाट बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १०:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।