काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको मूल्य २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।















प्रतिक्रिया