काठमाडौं । सरकारले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने निर्णय गरेको हो।
सरकारले उक्त वारेसनामामार्फत साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा र क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने जनाएको छ।















प्रतिक्रिया