Logo

समाचार

नापी सर्वेक्षक साह रङ्गेहात पक्राउ



काठमाडौं। नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहलाई रङ्गेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारका अनुसार जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनका लागि सेवाग्राहीसँग घुस रिसवत माग एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

विशेष अदालतको आदेशबाट उनविरुद्ध म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार २१:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।