Logo

अर्थ

सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने निर्णय



काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाउने निर्णय गरेको हो।

निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ।

यसअघि ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयर बिक्रीमा ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको सेयर बिक्रीमा ७.५ प्रतिशत अग्रिम कर लाग्दै आएको थियो।

सरकारको यो निर्णयले सेयर कारोबारको लागत घटाउने र लगानीकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा भएपछि नयाँ दर लागू हुनेछ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १०:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।