काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।
यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।
अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।

















प्रतिक्रिया