Logo

अर्थ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड



काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार साँझसम्म उक्त रकम कोषमा थपिएको हो।

कोषमा बिहीबार साँझसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, कोषका दुईवटा बैंक खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

सबै बैंक खातामा रहेको रकम जोड्दा कोषको कुल मौज्दात १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ पुगेको छ।

यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।

सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ।

निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ।

 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार २१:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।