Logo

अर्थ

बैंकिङ प्रणालीबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले आज ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

अनलाइनमार्फत हुने उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदैछ । यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । उक्त, निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज ३० गते हुने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरु मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार ११:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।