Logo

अर्थ

गुराँस लघुवित्तको लाभांश घोषणा



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बराबरको बोनस सेयर तथा ६ लाख ६१ हजार ७९० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार १३:००   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।