काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ ।
आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिकाे सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.६६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

















प्रतिक्रिया