काठमाडौं । सचिवमा बढुवा भएका रुद्रसिंह तामाङले उद्योग सचिवको जिम्मेवारी पाएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव नारायणप्रसाद शर्मा ढुवाडीको सरुवा भएपछि तामाङलाई उक्त जिम्मेवारी दिइएको हो।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गरेको थियो। सोही बैठकले उद्योग सचिव ढुवाडीको सरुवा गर्ने निर्णयसमेत गरेको थियो।
ढुवाडीको सरुवापछि रिक्त उद्योग सचिवको जिम्मेवारी तामाङलाई दिइएको हो।

















प्रतिक्रिया