काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ४४, हर्न निषेधमा ६, लेन क्रसमा ६, अवस्था ठिक नभएको ५, एकतर्फीमा ५ र अन्यमा १४७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया