Logo

प्रमुख समाचार

वर्षाका कारण काठमाडौंको फोहोरमैला बिसर्जन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह



काठमाडौं । वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसरी लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारी साधनहरू ल्यान्डफिल साइटसम्म पुग्न नसकेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरले आफ्नो घर पसल व्यवसाय तथा कम्पाउण्डबाट फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।