काठमाडौं । जीली अटो ग्रुपअन्तर्गतको विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान ल्याएको छ ।
अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार र बम्पर पुरस्कार पाउनेछन् । अभियान अवधिमा रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए४ प्रो पाउनेछन् ।
त्यस्तै, एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारका रूपमा हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
रिडारा इकोन दैनिक यात्रा, व्यावसायिक काम र साहसिक यात्राका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसमा ४ ह्विल ड्राइभ, २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम पिक टर्क र १ हजार २३५ किलोग्रामसम्म भारवहन क्षमता रहेको छ ।
गाडीमा ब्याट्री सुरक्षाका लागि विभिन्न प्रविधि तथा धुलो र पानीबाट सुरक्षित रहने आईपी६८ रेटेड ब्याट्री प्याक राखिएको छ । फराकिलो क्याबिन र कार्गो स्पेसका कारण व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने कम्पनीको भनाइ छ ।
यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा नियम तथा सर्तहरू लागू हुनेछन् ।
थप जानकारीका लागि ग्राहकले ९८०२३४१८२० वा ९७०७०९४१८६ मा सम्पर्क गर्न वा नजिकैको आधिकारिक रिडारा शोरुममा जान सक्नेछन् ।


















प्रतिक्रिया