Logo

समाचार

विश्व मुटु दिवस मनाइँदै



काठमाडौं । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ ।

सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो । नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ ।

यो वर्षको नारा “कुनै पनि पल नछुटाउनुहोस्” भन्ने रहेको छ । विशेष गरी मुटु रोगका लुकेका लक्षणहरूलाई समयमै चिन्न, नियमित स्वास्थ्य जाँच गर्न र मुटुको ख्याल राख्न प्रेरित गर्छ। यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार ०७:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।