Logo

प्रमुख समाचार

कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्‍यो



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन समारोह अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले उद्घाटन समारोहको मिति सारिएको जानकारी दिएका छन् ।

कांग्रेसले वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न गरिसकेको छ । अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन् ।

निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा केही क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेकाले महाधिवेशन उद्घाटनको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १५:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।