Logo

अर्थ

यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी



काठमाडाैं । नेपालमा सीजी मोटर्सद्वारा प्रतिनिधित्व गरिएको विद्युतीय सवारी ब्रान्ड आयोनले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष ‘दशैंको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ।

योजनामार्फत आयोनले नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक सुविधा तथा विशेष लाभहरू उपलब्ध गराउने भएको छ।

दशैंको अवसरमा सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको सडक कर, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको होम चार्जर तथा विभिन्न एसेसरिज प्राप्त गर्न सक्नेछन्।

यस योजनाको अर्को प्रमुख आकर्षण तत्काल डेलिभरी रहेको छ। यसअन्तर्गत ग्राहकले लामो समय पर्खनु नपर्ने गरी उपलब्ध मोडलअनुसार तत्कालै आफ्नो नयाँ आयोन घर लैजान सक्नेछन्।

विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई सवारी खरिदमा थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। आर्थिक लाभसँगै बीमा, सडक कर, होम चार्जर तथा एसेसरिजजस्ता आवश्यक सुविधालाई योजनामा समेट्दै आयोनले ग्राहकको सम्पूर्ण अनुभवलाई सहज बनाउने प्रयास गरेको छ।

‘दशैंको बहार, आयोनको उपहार’ योजना आयोनका आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको छ। योजनासम्बन्धी थप जानकारी तथा उपलब्ध मोडलका बारेमा ग्राहकले नजिकैको आयोन शोरुममा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।