Logo

अर्थ

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो चुनौती तथा अवरोध आएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १५:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।